काठमाडौं महानगरका १०७ विद्यालय गायब (सूचीसहित)

काठमाडाैं | पुस ८, २०८२

काठमाडौं महानगरका १०७ विद्यालय गायब (सूचीसहित)

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्वजनिक गरिएको हो ।


महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णय बमोजिम विगतमा अनुमति पाएर पनि हाल स्थलगत रुपमा सञ्चालनमा नरहेको पाइएको सार्वजनिक सूचनामा उल्लेख छ ।


स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागको सम्पर्क महानगरले निर्देशन दिएको छ ।


महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ । त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठियारलाई सम्पर्कमा आउन भनेको हो ।


तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ ।


पछिल्लो समय महानगरले अनधिकृत वा नाम मात्रका विद्यालय हटाउने र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ ।
 

मुस्ताङ:  माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ ।  माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बे...

थप पढ्नुहोस्

पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ ।      हरेक ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समिति...

थप पढ्नुहोस्